काठमाडौं । नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि नेपाली रेडियो नेटवर्क घन्कीन थालेको हो । श्रमजिवि पत्रकारहरुकै सक्रियतामा सवैका लागि सूचना भन्ने मुल मर्मका साथ सुरु भएको रेडियो छोटो अवधिमै विश्वभरीका नेपालीहरुसम्म पुगेको छ ।
संविधान जारी भएको अर्को बर्ष सुरु भएको नेपाली रेडियो नेटवर्कले पहिलो बर्ष संविधान कार्यान्वयन र दोस्रो बर्ष निर्वाचनको वातावरण बनाउनमा आफुलाई केन्द्रीत गर्यो भने तेस्रो बर्ष संबृद्धिका लागि खवरदारी गर्ने तर्फ डटेर लाग्यो छ । साथै कृषी, शिक्षा, स्वास्थ्य, उर्जा, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिदै आएको छ ।
त्यसैगरी नयाँ बनेका कानुन र दैनिक जीवनमा जोडिएका अन्य नयाँ नयाँ विषयहरुमा आम नागरिकलाई साक्षर बनाउनु पर्ने आवश्यकता यस सञ्चार संस्थाले देखेको छ । कानुनी साक्षरता, वित्तिय साक्षरता, सूचनाप्रविधि साक्षरता, स्वास्थ्य साक्षरता, सडक साक्षरता आदी दर्जनौ क्षेत्रमा रहेको साक्षरताको अभाव मेट्ने प्रयास नेपाली रेडियो नेटवर्कले गरिरहेको छ ।
स्थानीय, प्रदेश र संघीय निर्वाचनका बेला अत्याधिक लोकप्रिय भएको हाम्रो विषेश प्रस्तुती निर्वाचनमा नजर जस्तै नयाँ प्याकेजहरु मार्फत् साक्षरताका लागि सम्वन्धीत निकायहरुसँग सहकार्य गरेर नयाँ अभियान चलाउने सोँच बनाएको छ ।
पत्रकार ऋषि धमलाले संचालन गर्दै आउनु भएको नेपालका रेडियो कार्यक्रमहरु मध्ये देश विदेशमा सर्वाधिक लोकप्रिय नेपाली बहस र हरेक नेपालीको साझा प्रश्न बनेको जनता जान्न चाहन्छन् नेपाली रेडियो नेटवर्कको कार्यक्रम हो ।
हामीले हरेक प्रस्तुतीलाई जनताको नजरबाट हेर्ने गरेका छौँ भने सकारात्मक र रचनात्मक विषयबस्तु हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । धेरैले ध्यान दिनु पर्ने वा सिक्नु पर्ने तर वेवास्ता गरिएको विषयलाई खास खबरको रुपमा हरेक दिन विहान साढे ५ बजेको बुलेटिनमा पहिलो खवर बनाउने गरेका छौँ भने त्यही बुलेटिनमा कला साहित्यको खवर दैनिक रुपमा समेटेर अनुकरणीय अभ्यास गरेका छौँ ।
पत्रपत्रिकासहितको सो बुलेटिनमा आर्थिक, सम्पादकीय, विचारविश्लेषण, पाठक मंच र स्वास्थ्य सम्वन्धी छुट्टा छुट्टै स्तम्भ पनि राखेका छौं । त्यसैगरी अनलाईनका राम्रा सामग्री दुरदराजका जनतासम्म पुर्याउने गरी बेलुका ८ बजे अनलाईनमा आज स्तम्भ मार्फत रेडियो पत्रकारितामा अर्को नयाँ अभ्यास पनि सुरु गर्यौ ।
यस बाहेक विहान ९, १०, ११, १, २, ४, ५ बजे पाँच मिनेटमा ताजा समाचार र मध्यान्ह १२ र ३ बजे १५ मिनेटको तथा ६ बजे ३० मिनेटको समाचार बुलेटिन पनि नेपाली रेडियो नेटवर्क मार्फत् प्रसारण हुदै आएको छ ।
६ बजेको नेपाली खवरमा सातै प्रदेशका प्रदेश खवर पनि स्थानीय आवाजमा देशैभरी प्रसारण गरेका छौँ । रेडियोसँगै नेपाली नेटवर्क डटकम आफ्नै व्यवसायीक अनलाईन सञ्चालनमा छ भने अनलाईन टिभीको रुपमा नेपाली नेटवर्क टिभी पनि लोकप्रिय रहेको छ ।
काठमाडौको बानेश्वर हाइटबाट हामीले देशभरीका झण्डै दुई सय रेडियोसँग सहकार्य गरेका छौँ ।
समाचारलाई सन्तुलीत गर्न हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने हाम्रो आधारभूत समाचार शैली नै हो । कुनै दलिय झुकाब नदेखियोस् भन्ने तर्फ हामी अत्यन्त सतर्क छौँ । व्यवसायीकता र निश्पक्षताबाट हामी विचलित भएनौ र आगामी दिनमा पनि हुनेछैनौ । अझ शसक्त, जिम्मेबार र निश्पक्ष प्रस्तुतीमा खरो उत्रिने प्रतिबद्धता सहित सवै श्रोता र सहयोगीहरुको साथ र सहयोगको अपेक्षा गरिएको नेटवर्कका प्रवन्ध निर्देशक अमृत अधिकारीले बताउनुभयो ।