Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयुर्वेदलाई प्राथमिकता दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

आयुर्वेदलाई प्राथमिकता दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 470
    SHARES

  • आयुर्वेदलाई प्राथमिकता दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदलाई प्राथमिकताका दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

    शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

    नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको भन्दै उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो।

    आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ । उहाँले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको पनि सुनाउनु भएको थियो ।

    नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूणर् वनस्पतिहरु पाइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको उहाँको भनाई छ ।


    शुक्रवार, फाल्गुण १९ २०७९१२:५७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij