Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो

राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 596
    SHARES

  • राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको उपसभामुखको गुनासो

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ ।

    भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी भइरहेको बताउनु भएको हो ।

    ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिन । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधाहरु रहेछ’ उहाँको भनाई छ ।

    पुरुषले महिलालाई र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको भएको उपसभामुखको गुनासो छ ।

    आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको रानाले बताउनुभयो । ‘उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ’ उहाँको गुनासो छ ।


    शुक्रवार, फाल्गुण १९ २०७९०४:२६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij