Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री प्रचण्ड

नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, फाल्गुण २७ २०७९

  • 502
    SHARES

  • नेपालमा शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी शक्तिशाली कम्युनिष्ट केन्द्र बन्ने बताउनुभएको छ।आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताउनु भएको हो।

    प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने खुलासा गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले माओवादी धाराका कम्युनिष्ट घटकबीच समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको र त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने बताउनुभयो।

    एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेपनि त्यस पार्टीभित्रका अधिकांश नेता कार्यकर्ताहरु पार्टी एकताकै पक्षमा रहेको उहाँको दावी छ। एमालेभित्र ठूलो पंक्ति वामपन्थीहरूको एकताकै पक्षमा रहेको दोहोराँउदै उहाँले हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ रहेको जिकिर गर्नुभयो।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यो प्रवृत्तिलाई पराजित गर्दै फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताउनुभयो ।


    शनिवार, फाल्गुण २७ २०७९०४:०३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij