Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

टिकटक अमेरिकाको लागि टाउको दुखाई

टिकटक अमेरिकाको लागि टाउको दुखाई

  • शुक्रवार, चैत्र १० २०७९

  • 552
    SHARES

  • टिकटक अमेरिकाको लागि टाउको दुखाई

    काठमाडौं। टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ।

    विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पुर्‍याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो।

    अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको भन्दै अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस भइरहेको छ ।

    डेढ करोड अमेरिकीले टिकटक प्रयोग गरिरहेको तथ्यांक रहेको छ। बयानका क्रममा चिउले कसैको डेटाको अनधिकृत वा अनैतिक तवरले प्रयोग नहुने बताएका छन्। उनीहरुको डेटाबारे अमेरिकाले बारम्बार चासो राखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले समेत डेटामा कुनै खेलबाड नहुने बताएको थियो।

    ‘अमेरिकीहरूको डेटा अमेरिकन सर्भरमा नै रहन्छ। अमेरिकी भूमिमा अमेरिकी कर्मचारीहरूले नै डेटा हेर्दा कुनै हिसाबले असुरक्षित हुँदैन’, चिउले संसदमा भनेका छन्। चिउका अनुसार डेटा सुरक्षाकै निम्ति डेढ अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकी कम्पनी ओर्‍याकलसँगको सहकार्यमा १५०० जनालाई रोजगारी दिइएको छ।

     


    शुक्रवार, चैत्र १० २०७९०२:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij