Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नायक शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने (भिडियोसहित)

नायक शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने (भिडियोसहित)

  • मंगलवार, चैत्र १४ २०७९

  • 830
    SHARES

  • नायक शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने (भिडियोसहित)

    काठमाडौं । सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् ।

    नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्ने गरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन ।

    उनले आज आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् । विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।

    नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो । फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बितार्एका श्रेष्ठले आफ्नो कार्यक्रम मार्फत सहकार्यको ४१ वर्ष समावेश गर्ने बताएका छन् । उनले प्रोमोमा भनेका भावुक हुदै भनेका छन्, आज मैले रोकेर आफुलाई रोक्न सकिन । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झीन सकु ।'

    उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रम मार्फत कार्यक्रमको औपचारिक घोषणा गर्ने तयारी भएको बताएका छन् ।


    मंगलवार, चैत्र १४ २०७९०९:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij