Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सानेपामा नेविसंघको नाराबाजी

सानेपामा नेविसंघको नाराबाजी

  • आइतवार, चैत्र १९ २०७९

  • 570
    SHARES

  • सानेपामा नेविसंघको नाराबाजी

    काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।

    पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।

    पार्टी कार्यालय परिसरमा नाराबाजी भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालय छिर्ने गेटबाट छिर्ने सबैलाई चेकजाँच गर्न थालिएको छ ।

    समिति सदस्य बाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन ।


    आइतवार, चैत्र १९ २०७९१२:०३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij