Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरपालिकाका मेयरको स्ट्याटसले राजनीतिक वृत्तमा हलचल, संघ र स्थानीय तहको टकराब उदांगो (खास खबर)

काठमाडौं महानगरपालिकाका मेयरको स्ट्याटसले राजनीतिक वृत्तमा हलचल, संघ र स्थानीय तहको टकराब उदांगो (खास खबर)

  • आइतवार, चैत्र २६ २०७९

  • 604
    SHARES

  • काठमाडौं महानगरपालिकाका मेयरको स्ट्याटसले राजनीतिक वृत्तमा हलचल, संघ र स्थानीय तहको टकराब उदांगो (खास खबर)
    काठमाडौं । नेपालको ठुलो शहर र सबैभन्दा बढी जनसंख्या भएको काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन, जग्गा अतिक्रमण, ढल व्यवस्थापन धेरै अगाडिको समस्या हो । महानगरले मात्रै यो क्षेत्रको व्यवस्थापन गर्न गाह्रो छ । संघीय राजधानी यतै भएका कारणले उपत्यकामा मानिसहरूको चाप थेगिनसक्नु छ । यो शहरलाई कसरी स्वच्छ, हराभरा बनाउने त्यसको खाका  न महानगर सँग छ न त संघ सरकारसँग ।। फोहोर व्यवस्थापन र सुकुम्वासी समस्या समाधान  भन्दापनि एकले अर्कोसँग समन्वय समेत गरेको पाइँदैन । स्वतन्त्र मेयर बालेन साह आइसकेपछि त सुरुमा वडाअध्यक्षसँग नै तालमेल मिलेन । अहिले केन्द्र सरकारसँग बालेनको असन्तुष्टि बढेको छ । बालेनले सामाजिक सञ्जालमा सिंहदरबारको फोहोर नउठाउने र देश सफा गर्ने नै हो भने त्यहाँ बसेका सबै सांसद नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने लेखेपछि अहिले राजनीतिक वृत्तमा हंगामा मच्चिएको छ । बालेनका शब्दले माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई निकै पोलेको छ । 
     
    काठमाडौं महानगरपालिकाका मेयर बालेनले नै सबै नेताहरूलाई च्यालेञ्ज दिएपछि गर्मीको समय बढ्दै जाँदा उपत्यकाको वातावरण निकै प्रदूषित हुने देखिएको छ । कांग्रेस नेता एवं सांसद प्रदीप पौडेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न स्थानीय तह र संघको समन्वय अनिवार्य हुनुपर्ने बताउनुभयो । यहाँका धेरै समस्या पहिलेदेखि नै रहेकोले सबैको समन्वयमा व्यवस्थापन गरिनुपर्ने उहाँको सुझाव छ ।
     
    काठमाडौंको वायु प्रदूषण र यहाँको घना बस्तीले जीवनयापन गर्न असहज भइरहेका बेला स्थानीय तहसँग केन्द्रले समन्वय गर्नुपर्ने देखिन्छ । बालेनको स्ट्याटस हेर्दा उनले केन्द्रबाट सहयोग नै नपाएको गुनासो गरेका छन् । एमालेका नेता डा. राजन भट्टराईका अनुसार केन्द्रले स्थानीय तहलाई सहयोग गर्नुपर्दछ । सिसडोलमा राज्यको धेरै लगानी भइसकेकोले व्यवस्थापन पनि आवश्यक रहेको उहाँको भनाइ छ । 
     
    विश्वका नागरिकको प्रवेशद्वार काठमाडौं उपत्यकालाई सफा राख्नु र यहाँको भौतिक पूर्वाधारलाई व्यवस्थित पार्नु आजको आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा काठमाडौं भित्रका बेथितिलाई निराकरण गर्न जरुरी छ । मेयर बालेनले पनि आफ्नो पदीय मर्यादालाई बिर्सेर समाज विभाजित पर्ने काम गर्न छुट छैन । 
     


    आइतवार, चैत्र २६ २०७९०८:२०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij