Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कर्णालीका चार मन्त्रीले लिए शपथ

कर्णालीका चार मन्त्रीले लिए शपथ

  • बिहिवार, बैशाख ७ २०८०

  • 378
    SHARES

  • कर्णालीका चार मन्त्रीले लिए शपथ

    काठमाडौं। कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनु भएको छ ।

    कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिनुभएको हो । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिनुभएको छ।

    २८ पुसमा नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बन्नुभएको हो ।

    बुधबार गर्ने भनिएको शपथ कांग्रेस केन्द्रको दबाबका कारण रोकिएको थियो । तर, बिहीबार बिहान कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरुको प्रयासमा विवादलाई साम्य पार्दै मन्त्री नियुक्त र शपथ कार्यक्रम सम्भव भएको थियो ।

     


    बिहिवार, बैशाख ७ २०८००१:३३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij