Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

सर्लाहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

  • बिहिवार, बैशाख ७ २०८०

  • 463
    SHARES

  • सर्लाहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

    काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोतरीको गौसला नगरपालिका– ११ का श्रवणकुमार महतो र भतिज विक्रम कूमार महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ट्रक चालक सुनसरीको इटहरी– १० बस्ने अन्दाजी वर्ष ३४ कन जीतेन्द्र चौधरीसहित दुर्घटनामा संग्लग्न ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा छन् ।


    बिहिवार, बैशाख ७ २०८००४:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij