Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

परराष्ट्र मन्त्रालयले भन्योः सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काउने तयारी हुँदैछ

परराष्ट्र मन्त्रालयले भन्योः सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काउने तयारी हुँदैछ

  • सोमवार, बैशाख १८ २०८०

  • 533
    SHARES

  • परराष्ट्र मन्त्रालयले भन्योः सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काउने तयारी हुँदैछ

    काठमाडौं । नेपालस्थित परराष्ट्र मन्त्रालयले तनावग्रस्त सुडानमा अलपत्र परेका ३० नेपालीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

    संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको र सबैलाई सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    विज्ञप्तिका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्दार कार्य जारी राखेको छ भने संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरु बाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास, कायरोसँग सम्पर्कमा रहेका छन् ।

    कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ ।

    यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेको र जेद्दा आइपुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

    नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकि ११ जना नेपालीहरुमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको र तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै गरी मन्त्रालयले अझै पनि सुडानमा सुरक्षाअवस्था असहज रहेको बुझिएकोले सुडानमा रहेका सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपतकालिन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास ९दिपक घिमिरे, द्वितीय सचिव, मोबाइलर ह्वाटस्एप+२०१०९७७७२३४८, +२०१०२९६०६६६२, इमेलः eoncairo@mofa.gov.np) मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।


    सोमवार, बैशाख १८ २०८००३:१२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij