Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १२.७३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्सेमा १२.७३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

  • बिहिवार, बैशाख २१ २०८०

  • 629
    SHARES

  • नेप्सेमा १२.७३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ ।

    १३ वैशाख बुधबारदेखि लगातार ५ दिन घटेको नेप्से आज भने बढेर बन्द भएको हो । सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा आज निर्जीवन बीमा उपसूचक सर्वाधिक १.५५ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर र वित्त कम्पनी उपसूचक पनि १ प्रतिशत भन्दा माथिले बढेका छन् ।

    नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि सुधारोन्मुख देखिएको छ । हिजो ६१ करोडमा सीमित भएको कारोबार रकम आज बढेर ७३ करोड २७ लाख पुगेको छ । २० हजार ६५५ वटा कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

    ४ करोड ५० लाखको नबिल बैंकको संस्थापक सेयर कारोबारले पनि आजको कारोबार रकम बढाएको हो । यस्तै शिवम् सिमेन्टका करिब २ करोड २२ लाखको करोबार हुँदा नबिल बैंकको साधारण सेयर १ करोड ९६ लाख र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । आज कारोबार भएकामध्ये एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ९.८६ प्रतिशतले वृद्धि हुँदा लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.१६ प्रतिशतले वृद्धि भएको छ ।


    बिहिवार, बैशाख २१ २०८००३:४६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij