Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मेरो चरित्रहत्या गरियो : पूर्व गृहमन्त्री बालकृष्ण खाँण

मेरो चरित्रहत्या गरियो : पूर्व गृहमन्त्री बालकृष्ण खाँण

  • शनिवार, बैशाख २३ २०८०

  • 936
    SHARES

  • मेरो चरित्रहत्या गरियो : पूर्व गृहमन्त्री बालकृष्ण खाँण

    काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् ।

    शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति जारी गर्दै खाँणले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

    नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाँणको नामसमेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ । सो प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरू अस्वीकार गरेका हुन् ।

    bal.PNG


    शनिवार, बैशाख २३ २०८००१:५७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij