Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली नागरिकता बनाएका १० भारतीय नागरिक पक्राउ, कसले दियो नागरिकता ?

नेपाली नागरिकता बनाएका १० भारतीय नागरिक पक्राउ, कसले दियो नागरिकता ?

  • आइतवार, बैशाख २४ २०८०

  • 1.1K
    SHARES

  • नेपाली नागरिकता बनाएका १० भारतीय नागरिक पक्राउ, कसले दियो नागरिकता ?

    काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयो ।

    उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

    उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरु नेपालमा नै विभिन्न व्यवसाय गर्नेहरु रहेको एसएसपी केसीले बताउनुभयो ।

     


    आइतवार, बैशाख २४ २०८००१:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij