काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताउनुभएको छ ।
‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ।’
गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन लागि परेको बताउँदै भन्नुभयो, ‘असन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन।’
श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको बताउनुभयो ।