Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सचिव पाण्डेको मोबाइल रिकभर भएपछि बालकृष्ण खाँणको प्रमाण जुट्यो

सचिव पाण्डेको मोबाइल रिकभर भएपछि बालकृष्ण खाँणको प्रमाण जुट्यो

  • बुधवार, बैशाख २७ २०८०

  • 1.4K
    SHARES

  • सचिव पाण्डेको मोबाइल रिकभर भएपछि बालकृष्ण खाँणको प्रमाण जुट्यो

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो ।

    उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन ।

    प्रहरीका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए ।

    त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ । उनको मोबाइलमा खाणसँगका संवादहरु भेटिएको प्रहरी स्रोत बताउँछ । त्यसमा लेनदेनका कुराहरु पनि गरिएको प्रहरी दाबी छ ।

    सचिव पाण्डेले पनि आफ्नो बयानमा यो कुरा स्वीकारेका छन् । खाणले भने आफूमाथिको आरोप स्वीकार गरेका छैनन् ।


    बुधवार, बैशाख २७ २०८००६:०१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij