काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी देशहरुबीचको आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ।
आज काठमाडौँमा डा.अच्युत गौतम र डा.सुरेन्द्र भण्डारीले नेपालको भूभाग लिम्पियाधुरा क्षेत्रको बारेमा लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले छिमेकी देशसँग कूटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र दलका नेताहरू संवेदनशील हुनुपर्ने कुरामा समेत जोड दिनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले हाम्रा पुर्खाहरूप्रति सधैँ उच्च सम्मान गर्नुपर्ने बताउँदै इतिहासका गम्भीर मोडहरूमा वीर पुर्खाहरूले लिएका ऐतिहासिक निणर्य प्रस्तुत गरेका त्यागबाट वर्तमानका चुनौतीहरूको सामना गर्ने मार्गदर्शन प्राप्त गर्नुपर्ने बताउनुभयो ।
‘हामीले हाम्रो गौरवशाली इतिहासबाट मातृभूमि प्रतिको अविचलित समर्पण र निष्ठाका लागि सधैँ उत्प्रेरणा लिनुपर्दछ भण्डारीले भन्नुभयो ।