Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानी वितरण आजदेखि दुई हप्ताको लागि बन्द 

मेलम्चीको पानी वितरण आजदेखि दुई हप्ताको लागि बन्द 

  • सोमवार, जेठ १ २०८०

  • 721
    SHARES

  • मेलम्चीको पानी वितरण आजदेखि दुई हप्ताको लागि बन्द 
    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ ।सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान  तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
     
    आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी/पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो ।
     
    मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण गएको मंसिरदेखि फेरि सुरु गरिएको थियो । 
     


    सोमवार, जेठ १ २०८००७:२४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij