Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाँणबारे कांग्रेसको धारणा सार्वजनिक

बालकृष्ण खाँणबारे कांग्रेसको धारणा सार्वजनिक

  • मंगलवार, जेठ २ २०८०

  • 877
    SHARES

  • बालकृष्ण खाँणबारे कांग्रेसको धारणा सार्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक साता भइसकेको छ ।

    पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निलम्बन नगर्नुको कारण कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभएको छ ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’ यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताउनुभयो ।

    गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

    खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।

    यसैगरी त्रिचन्द्र क्याम्पसका नेविसंघ कार्यकर्ताहरुले पनि खाँणलाई निलम्बनको माग गर्दै प्रदर्शन गरेका थिए ।

     


    मंगलवार, जेठ २ २०८००१:३६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij