Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा सामान्य अंकको वृद्धि

नेप्सेमा सामान्य अंकको वृद्धि

  • मंगलवार, जेठ २ २०८०

  • 615
    SHARES

  • नेप्सेमा सामान्य अंकको वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि आएको छ ।

    आज मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको सेयर बजार अन्तिम समयमा भने सामान्य अंकको वृद्धिसँगै बन्द भएको हो ।

    ३.३१ अंकको वृद्धिसँगै आज परिसूचक १८ सय २१ अंकमा पुगेर बन्द भएको छ । यो ०.१८ प्रतिशत वृद्धि हो । यसक्रममा आज १३६वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

    आज नेप्सेमा ६४ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    यस्तै, मायाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले बढेको छ । यस्तै, आज माई खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसक्रममा आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

     


    मंगलवार, जेठ २ २०८००४:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij