Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

अब कांग्रेस एक्लै चुनाव लड्छ : शेखर कोइराला

अब कांग्रेस एक्लै चुनाव लड्छ : शेखर कोइराला

  • बुधवार, जेठ ३ २०८०

  • 568
    SHARES

  • अब कांग्रेस एक्लै चुनाव लड्छ : शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब हुने जुनसुकै निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताउनु भएको छ।

    अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राख्नुभयो।

    बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताउनु भएको छ।

    कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताउनु भयो । ‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ कोईरालाको भनाई छ ।


    बुधवार, जेठ ३ २०८००१:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij