Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाबाट मुलुकी संहितासम्बन्धी अध्यादेश स्वीकृत

राष्ट्रियसभाबाट मुलुकी संहितासम्बन्धी अध्यादेश स्वीकृत

  • शुक्रवार, जेठ ५ २०८०

  • 465
    SHARES

  • राष्ट्रियसभाबाट मुलुकी संहितासम्बन्धी अध्यादेश स्वीकृत
    काठमाडौं । राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । 
     
    राष्ट्रियसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो । 
     
    यस्तै, सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्बाट फिर्ता लिएको छ ।  बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो । 


    शुक्रवार, जेठ ५ २०८००३:३६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij