Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाँणलाई भेट्न टेकु पुगिन् मञ्जु

बालकृष्ण खाँणलाई भेट्न टेकु पुगिन् मञ्जु

  • सोमवार, जेठ ८ २०८०

  • 1.2K
    SHARES

  • बालकृष्ण खाँणलाई भेट्न टेकु पुगिन् मञ्जु

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उहाँकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुग्नुभएको छ ।

    पूर्वगृहमन्त्रीसमेत रहनुभएका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उहाँकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न जानुभएको हो । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उहाँ सम्पर्कविहीन हुनुभएको थियो । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उहाँ संसदमा देखिनुभएको थियो ।


    सोमवार, जेठ ८ २०८०१०:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij