Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपालले विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण लिने

नेपालले विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण लिने

  • मंगलवार, जेठ ९ २०८०

  • 562
    SHARES

  • नेपालले विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण लिने

    काठमाडौं। सरकारले विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अ‍ेमरिकी डलर सहुलियत ऋण लिने स्वीकृति प्रदान गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले सो प्रस्ताव स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    त्यस्तै जापान सरकारबाट मानव संशाधन विकास लागि ४१ करोडको अनुदान स्वीकृति गरिएको उहाँले जानकारी दिनुभयो। शिक्षा क्षेत्रका लागि विश्वब्यापी साझेदारीबाट १९.७० मिलियन अमेरिकी डलर अनुदान स्वीकृति दिने निर्णय सरकारले गरेको छ।

    त्यस्तै भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति दिने निर्णय भएको छ। यसले भन्सार महसुलसम्बन्धी नयाँ विधेयक निर्माण गर्ने बाटो खुलेको मन्त्री शर्माले बताउनु भयो। त्यस्तै अजोस २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको उहाँले बताउनु भयो।


    मंगलवार, जेठ ९ २०८००५:२६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij