Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्समा आज पनि दोहोरो अंकको वृद्धि, १ अर्ब ८७ करोडको कारोबार

नेप्समा आज पनि दोहोरो अंकको वृद्धि, १ अर्ब ८७ करोडको कारोबार

  • बुधवार, जेठ १० २०८०

  • 567
    SHARES

  • नेप्समा आज पनि दोहोरो अंकको वृद्धि, १ अर्ब ८७ करोडको कारोबार
    काठमाडौं । सेयर बजार बुधबार(आज) पनि बढेको छ । यससँगै, नेप्सेको वृद्धि यात्रा निरन्तर सातौँ दिनसम्म कायम रहन सफल भएको छ । जेठ २ गतेदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक आजसम्म निरन्तर कायम रहेको हो ।
     
    पछिल्लो दिन ५० अंक माथिको वृद्धि भएको सेयर बजार आज १६.४९ अंकले वृद्धि भएको छ ।  उक्त अंकको वृद्धिले नेप्से परिसूचक १९५९ कायम भएको छ । कारोबार रकम भने पछिल्लो दिन भन्दा कम भएको छ । आज १ अर्ब ८७ करोड माथिको कारोबार भएको छ ।
     
    कूल १३१ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ८३ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । र ७ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
     
    आज वित्तीय, विद्युत् र म्यूचुअल फण्ड बाहेकका अरू सबै उपसूचकहरू बढेका छन् । सबै भन्दा धेरै  उत्पादन, होटेल, जीवन बीमा र निर्जीवन बीमा उपसूचकको मूल्यमा सुधार भएको छ । उक्त उपसूचकहरू क्रमशः २२०, १७१, १२० र १२१ अंकको वृद्धि भएको छ ।
     
    यस्तै, धेरै कमाउने कम्पनीमा आत्मनिर्भर लघुवित्त, यूनीलिभर कम्पनी रहेका छन् । आत्मनिर्भरको मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको थियो। यस्तै, शिवं सिमेन्ट, ग्लोबल आईएमइ ब्यालेन्स फण्ड, स्वाभिमान लघुवित्त पनि धेरै कमाउनेमा पर्छन् ।
     


    बुधवार, जेठ १० २०८००३:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij