काठमाडौं । काठमाडौं उपत्यकाका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । सोमबार(आज) अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै यस्तो बताउनुभएको हो ।
उपत्यकाका व्यस्त ४४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने र कोटेश्वरमा अन्डरग्राउण्ड तथा फ्लाइ ओभर बनाइने मन्त्री महतले घोषणा गर्नुभएको छ ।