काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरबार मा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।
सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनुहुने छ । अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।
यसअघि सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरूलाई निर्देशन दिइसक्नुभएको छ