Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारत भ्रमणमा तीन वटा परियोजनाको शिलान्यास हुने

भारत भ्रमणमा तीन वटा परियोजनाको शिलान्यास हुने

  • मंगलवार, जेठ १६ २०८०

  • 558
    SHARES

  • भारत भ्रमणमा तीन वटा परियोजनाको शिलान्यास हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको छ ।

    भारतको सिलिगुडीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो ।

    बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ । त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको बताइएको छ ।

    नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को उद्घाटन पनि त्यहीबाट संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । सो आइसिपी ८७ बिघा क्षेत्रफलमा फैलिएको छ ।

    दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । यस विषयमा भ्रमणको क्रममा त्यसका लागि भारतसँग सम्झौता हुने बताइएको छ । सोमबार सार्वजनिक भएको बजेटमा पनि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने उल्लेख छ ।


    मंगलवार, जेठ १६ २०८००७:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij