Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड पर्यटकीयस्थल खप्तडमा

प्रधानमन्त्री प्रचण्ड पर्यटकीयस्थल खप्तडमा

  • मंगलवार, जेठ २३ २०८०

  • 3.2K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड पर्यटकीयस्थल खप्तडमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड पुग्नुभएको छ ।

    आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड जानुभएको हो । खप्तडमा पहिलो पटक आध्यात्मिक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

    सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहेको छ ।

    सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा सिकाउने कार्यक्रम रहेको छ। तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भएको छ।

    सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन् । यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

    खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो क्षेत्रमा खप्तड बाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन,५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ ।


    मंगलवार, जेठ २३ २०८००२:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij