Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले विमानस्थलमा चलायो गोली, एक जना नियन्त्रणमा

लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले विमानस्थलमा चलायो गोली, एक जना नियन्त्रणमा

  • आइतवार, जेठ २८ २०८०

  • 1.6K
    SHARES

  • लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले विमानस्थलमा चलायो गोली,  एक जना नियन्त्रणमा
    काठमाडौं । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।
     
    लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो । खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरू समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । पक्राउ परेका को हुन् प्रहरीले खुलाएको छैन ।


    आइतवार, जेठ २८ २०८०१२:५०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij