Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम र बजेट विपरित दिशामा फर्केर आयो : विष्णु पौडेल

नीति तथा कार्यक्रम र बजेट विपरित दिशामा फर्केर आयो : विष्णु पौडेल

  • आइतवार, जेठ २८ २०८०

  • 638
    SHARES

  • नीति तथा कार्यक्रम र बजेट विपरित दिशामा फर्केर आयो : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको बताउनुभयो ।

    पौडेलले हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराउनुभयो । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको उहाँको दाबी छ ।

    बजेटले नेपालको अहिलेको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसकेको, पुँजी बजार अगाडि बढाउने, अर्थतन्त्रलाई अगाडि बढाउनेतर्फ बजेट केन्द्रित नभएको पौडेलले बताउनुभयो ।


    आइतवार, जेठ २८ २०८००१:१३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij