काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताउनुभयो ।
अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशरणमहतसँग बजेट सच्याउने विषयमा छलफल गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
पाण्डेले बजेट सन्तुलित हुनुपर्ने बताउनुभयो । बजेटको विषयमा फागुन मसान्तभित्रमा सिद्धान्त र प्राथमिकताको विषयमा छलफल हुने कुरा आइरहेको बताउनुभयो । १६५ निर्वाचित क्षेत्रमा निर्वाचित सबै सांसद बराबर भएको उहाँको भनाइ छ ।
पाण्डेले बजेट सच्याउने कुराले सत्ता समीकरण नफेरिने दाबीसमेत गर्नुभयो ।