Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम रहन्छ : अर्थमन्त्री महत

जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम रहन्छ : अर्थमन्त्री महत

  • मंगलवार, आषाढ १२ २०८०

  • 382
    SHARES

  • जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम रहन्छ : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ।

    प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाउनुभएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताउनुभयो।

    यसअघि आजको बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गरेका थिए । उनीहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

    अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरु अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गर्नुभयो ।

    अर्थमन्त्री डा महतले आर्थिक मितव्ययीताका लाागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएको बताउनुभयो ।

     


    मंगलवार, आषाढ १२ २०८००१:५३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij