Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक आज बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने  

राष्ट्रियसभा बैठक आज बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने  

  • सोमवार, आषाढ १८ २०८०

  • 571
    SHARES

  • राष्ट्रियसभा बैठक आज बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने  
    काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद् भवन, नयाँ वानेश्वरमा बस्ने छ ।
     
    आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
     
    यस्तै, बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
     
    यसैगरी, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
     
    Rastriyasabha-03-18.webp


    सोमवार, आषाढ १८ २०८००७:१२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij