Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

एमालेद्वारा राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

  • आइतवार, आषाढ २४ २०८०

  • 608
    SHARES

  • एमालेद्वारा राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

    काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ ।

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले समय माग गरेका थिए। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिनुभएको थियो।

    न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक-पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताउनु भयो। त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेका थिए।

    अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । तर एमाले सांसदहरुले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो ।

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।


    आइतवार, आषाढ २४ २०८०१२:२८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij