Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगारीमा जाने कामदार रोकेकोमा संघको आपत्ति

वैदेशिक रोजगारीमा जाने कामदार रोकेकोमा संघको आपत्ति

अध्यागमनविरुद्ध आन्दोलनको चेतावनी
  • शुक्रवार, आषाढ २९ २०८०

  • 717
    SHARES

  • वैदेशिक रोजगारीमा जाने कामदार रोकेकोमा संघको आपत्ति
    काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो । 
     
    शुक्रबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काउने काम भएको बताउनुभयो । ‘वैदेशिक रोजगार विभागबाट इजाजत पत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेका छन्, उहाँले बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर जान लागेका कामदारहरूलाई समेत रोकेको उहाँले बताउनुभयो। 
     
    विभागबाट संस्थागत रुपमा प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि जाने कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीले केही दिनदेखि कानुन विपरीत रोक्ने काम भइरहेको उहाँले बताउनुभयो। अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भई हस्तक्षेप युक्त कार्य भइरहेको उहाँले बताउनुभयो। 
     
    अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाइन्सबाट कुवेत जान लागेका १०१ जना र कुवेत एयरलाइन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो। अध्यागमन कार्यालयबाट कानूनभन्दा बाहेक नै अनावश्यक दोषारोपण सहित जान नदिई फर्काएको उहाँको भनाइ छ।
     
    वैदेशिक रोजगारमा जाने कामदारको मागपत्र, भिसा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक रोजगार विभागको हो । संस्थागत रुपमा भिसा लगाई उडानका लागि गएका कामदारको करार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालयको क्षेत्राधिकार नभएको उहाँको भनाइ छ ।
     
    भिसा र हवाई टिकट बाहेकका अनावश्यक कागजातको जाँच परीक्षण गर्ने, कामदारलाई दुर्व्यवहार साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय कामदारको भिसा समाप्त भई रोजगार नै गुम्ने सम्मको अवस्था रहेको उहाँले बताउनुभयो। यसले गर्दा व्यवसायीलाई हवाई टिकट बापत ठुलो आर्थिक क्षति पुगेको उहाँको भनाइ छ। 
     
    यो कार्य तत्काल रोक्न उहाँले माग गर्नुभयो । उक्त कार्य तुरुन्त रोकी यस प्रकारका कार्य गर्ने व्यक्तिलाई कानूनी कारबाही गरी व्यवसायी र कामदारलाई परेको क्षतिपूर्ति दिलाउन समेत माग गर्नुभयो।  यसअघि जोर्डन जान रोकेका १५ जना अर्को दिन गएका थिए । त्यस्तै कुवेत जान रोक लगाएका मध्ये ९ जना शुक्रबार बिहान त्यही कागजातको आधारमा गएका छन्।


    शुक्रवार, आषाढ २९ २०८००३:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij