काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाउनुभएको छ ।
देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएको एक पदाधिकारीले जानकारी दिनुभयो ।
देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई फेरि छलफल गर्ने तयारी पनि गर्नुभएको ती नेताले बताउनुभयो ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ । भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।