Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध, फोहोर बोकेका ५० वटा गाडी अलपत्र

काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध, फोहोर बोकेका ५० वटा गाडी अलपत्र

  • सोमवार, श्रावण १ २०८०

  • 931
    SHARES

  • काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध, फोहोर बोकेका ५० वटा गाडी अलपत्र
    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गरेका छन्। नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयसँगै जनप्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिदिएका छन्। 
     
    बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भन्दै उनीहरूले आन्दोलन थालेपछि फोहोर बोकेका ट्रकहरू बाटोमा नै रोकिएका छन्। 
     
    फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले विगतमा  आफूहरूले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रेको दाबी गरेका छन्। 
     
    ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईँले विगतमा पटक–पटक सहमति भएको, तर कुनै पनि कार्यान्वयन नभएकाले आजबाट आफूहरू स्थानीयसँगै आन्दोलनमा उत्रिएको बताउनुभयो। 
     
    आज बिहानैदेखि वडाध्यक्ष बजगाईँ सहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरूलाई रोकेका छन्। 
     
    अव्यवस्थित ढंगबाट फोहोर विसर्जन हुन थालेको र त्यसको असर बस्तीमा पर्न थालेकाले आफूहरू विरोधमा उत्रेको उहाँले बताउनुभयो। ककनी गाउँपालिका सँगै धादिङको धुनीबेंसीका बासिन्दा पनि आन्दोलनमा रहेको उहाँले बताउनुभयो। 
     
    यसअघि सरकार र काठमाडौं महानगरसँग सहमति भएको, तर त्यसको एक वर्ष हुँदा पनि कार्यान्वयन नभएकाले अब फोहोर पाल्न लैजान नदिने स्थानीयहरूको दाबी छ। 
     
    ल्याण्डफिल साइटमा जाँदै गरेका गाडीहरू स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका छन्। स्थानीयको आन्दोलनपछि फोहोर बोकेका करिब ५० वटा गाडी बाटोमा अलपत्र परेका छन्। 
     
    स्थानीयले सहमतिका नाममा आफूहरूलाई पटक–पटक झुक्याइएको आरोप लगाएका छन्। सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र व्यवस्थापन गर्ने लगायतका सहमति ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो। तर, अहिले महानगरले वर्गीकरण विना फोहोर संकलन गर्दै आएको छ र ती सबै ल्याण्डफिल साइटमा विसर्जन गर्न खोजेको उनीहरूको आरोप छ।


    सोमवार, श्रावण १ २०८०११:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij