Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन प्रेरित गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन प्रेरित गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, श्रावण २ २०८०

  • 462
    SHARES

  • शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन प्रेरित गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनु भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले ।’

    पार्किन्सन्सजस्तो देखिने एकप्रकारको जटिल रोगबाट लामो समय थलिएकी सीता दाहालको गत असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

    अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली उनले पाएको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने ठानेको प्रचण्डले बताउनुभयो।

    उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीवोध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्न्ुभयो, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, साँस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरु सबैको सदभाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौं ।’

    सीता बिरामी परेपछि राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुन सक्ने सबैखाले पद्दतीबाट उपचारको प्रयास गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराउनु भएको छ।


    मंगलवार, श्रावण २ २०८००१:३६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij