Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ: गौतम

सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ: गौतम

  • आइतवार, श्रावण ७ २०८०

  • 571
    SHARES

  • सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ: गौतम

    काठमाडौं। पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

    आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताउनुभयो।

    उहाँले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताउनुभयो।

    उहाँले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताउनुभयो।

    गौतमले समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताउनुभयो।


    आइतवार, श्रावण ७ २०८००१:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij