Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको लक्ष्य सरकारमा जाने मात्रै हो ?

कांग्रेसको लक्ष्य सरकारमा जाने मात्रै हो ?

  • आइतवार, श्रावण ७ २०८०

  • 714
    SHARES

  • कांग्रेसको लक्ष्य सरकारमा जाने मात्रै हो ?

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले पार्टीले सरकारमा जाने मात्रै लक्ष्य लिएको बताउनुभएको छ। अहिले बीपी जीवित भएको भए टाउकामा हात राखेर हाम्रो लक्ष्य के सरकारमा जाने मात्रै हो भन्ने प्रश्न गर्ने उहाँले बताउनुभयो ।

    आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उहाँले भन्नुभयो, ‘हामीले बिपीलाई बिर्सियौं । उहाँ मेरो स्तरको जनताको परिवार होस् भन्ने चाहनुहुन्थ्यो।’ कठिन अवस्था, आर्थिक अवस्था र कम संख्याको संगठनका बीच पनि बिपीले लक्ष्य हासिल गरेको उहाँको भनाइ छ।

    ‘कांग्रेसको लक्ष्य के हो? हामी कता गइरहेका छौं ?,’ उहाँले भन्नुभयो, ‘खाली सरकार र सत्ता मात्रै? पार्टी रूपान्तरण गर्नुपर्‍यो ।’ उहाँले महिलाहरूलाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताउनुभयो। महिलाहरूले संगठनमा काम गर्दा आफू लगातार चार पटक चुनाव जितेको उहाँको भनाइ छ।

    उहाँले कांग्रेस पनि विकेन्द्रीकृत हुनुपर्ने भन्दै केन्द्रबाट टिकट दिन नहुने बताउनुभयो। क्रियाशील सदस्य धेरै भएपनि कम भोट प्राप्त भएको उहाँको भनाइ छ। ‘८०० क्रियाशील भएका क्षेत्रमा २०० भोट मात्रै रूखलाई आएको छ। हामीले कस्तो क्रियाशील बनायौं ? ८ लाख बढी क्रियाशील छन्,’ उहाँले भन्नुभयो, ‘अलि कडाइ गर्नुपर्‍यो।’

     


    आइतवार, श्रावण ७ २०८००३:१५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij