Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको बैठक तय, कुन बैठक कहिले ?

नेकपा एकीकृत समाजवादीको बैठक तय, कुन बैठक कहिले ?

  • सोमवार, श्रावण १५ २०८०

  • 566
    SHARES

  • नेकपा एकीकृत समाजवादीको बैठक तय, कुन बैठक कहिले ?
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पूर्वनिर्धारित बैठकहरू सारेको छ । सचिवालयको बैठक साउन १९ गते बिहान ८ बजेका लागि तय भएको पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार सचिवालय बैठक कीर्तिपुर, चम्पादेवीपस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्ने छ । स्थायी कमिटी बैठक आगामी साउन २० र २१ गते पार्टी कार्यालयमा तय भएको छ । स्थायी कमिटी बैठक २० गते बिहान ११ बजेबाट सुरू हुने खतिवडाले जानकारी दिनुभयो ।
     
    यस्तै, पोलिटब्युरो बैठक भदौ ३ र ४ गते बस्ने छ । भदौ ३ गते बिहान ११ बजेबाट सुरू हुने पोलिटब्युरो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।
     
    केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गतेलाई तय भएको छ । केन्द्रीय कमिटी ललितपुरको, बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बस्ने पनि उहाँले जानकारी दिनुभयो ।
     
    बैठकमा तहगत कमिटीका इन्चार्जहरूले रिपोर्टिङ प्रस्तुत गर्ने छन्, त्यस्तै अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने छ । यसैगरी समसामयिक परिस्थिति र पार्टीको कार्यभारबारे छलफल हुने पनि उहाँले बताउनुभएको छ ।
     


    सोमवार, श्रावण १५ २०८००७:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij