Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइनमार्फत

आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइनमार्फत

  • शुक्रवार, श्रावण १९ २०८०

  • 595
    SHARES

  • आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइनमार्फत
    काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ। 
     
    परराष्ट्रमन्त्री एनपी साउदले गत ८ गते कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिन भित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू अनलाइनमार्फत गरिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो।  
     
    अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरू अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छ्याएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ।
     
    जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ। राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिनुभएको थियो। 
     
    मन्त्री साउदको निर्देशनअनुसार कन्सुलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू अनलाइनमार्फत गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।


    शुक्रवार, श्रावण १९ २०८००१:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij