Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा लगातार तेस्रो दिन पनि गिरावट

नेप्सेमा लगातार तेस्रो दिन पनि गिरावट

  • मंगलवार, श्रावण २३ २०८०

  • 729
    SHARES

  • नेप्सेमा लगातार तेस्रो दिन पनि गिरावट
    काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। मंगलबार(आज)को कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो। नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो।
     
    विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता सेयर ७४ हजार दुई सय ५७ पटक खरिद-बिक्री हुँदा एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। 
     
    सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अङ्कले घटेको छ। बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटेल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत् समूह ३८ दशमलव ५२ अङ्कले घटेको छ। 
     
    त्यस्तै, लगानी समूह शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन ७३ दशमलव ६१, लघुवित्त ६० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ७७ दशमलव ३५ र अन्य समूह २६ दशमलव ७९ अङ्कले घटेको छ।
     
    स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ को सेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ।
     
    कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई रुपैयाँ बराबरको दुई लाख ९९ हजार पाँच सय ९७ कित्ता सेयर किनबेच भएको छ।


    मंगलवार, श्रावण २३ २०८००४:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij