Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध

कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध

  • बुधवार, श्रावण २४ २०८०

  • 556
    SHARES

  • कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध
    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरका अधिकांश स्थानहरूमा भारी वर्षा भइरहेकाले ठुला २ नदीमा बाढीको खतरा रहेको जनाएको छ ।
     
    मंगलबार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ । खुटिया खोलाको मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । कञ्चनपुरको चौधर नदी दैजी जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको जनाइएको छ ।
     
    महाशाखाले नदी तटीय क्षेत्रमा रहेकाहरू तथा डुबान भइरहने होचो भूभागमा रहेकाहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।


    बुधवार, श्रावण २४ २०८००६:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij