Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा ओली गएनन्

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा ओली गएनन्

  • आइतवार, भाद्र ३ २०८०

  • 1.0K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा ओली गएनन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएन । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्छ ।

    बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति समेत रहेका पूर्णबहादुर खड्का सहभागी हुनुहुन्छ। त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ।

    त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन तथा जनतमतकी अनितादेवी रहनुभएको छ ।

    नेकपा एमालेले तस्करीको बरामद सुनबारे छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गरेका हुन् ।


    आइतवार, भाद्र ३ २०८००१:२९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij