Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रहरीद्वारा रसुवामा दुई किलो सुन बरामद

प्रहरीद्वारा रसुवामा दुई किलो सुन बरामद

  • आइतवार, भाद्र ३ २०८०

  • 1.1K
    SHARES

  • प्रहरीद्वारा रसुवामा दुई किलो सुन बरामद

    काठमाडौं। प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ ।

    नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताउनुभयो ।

    शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बुढाथोकीले बताउनुभयो।

    बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं ‘, बुढाथोकीले भन्नुभयो ।’


    आइतवार, भाद्र ३ २०८००१:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij