काठमाडौं । मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्नेमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परि घटनास्थलमै दुई जनाको मृत्यु भएको र दुवै जनाको पहिचान हुन बाकीँ रहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी, भीमफेदीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।