काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताउनु भएको छ।
ऋाजबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूणर् रहेको बारम्बार पुष्टि भएको दाबी गर्नुभयो। प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उहाँले अगाडि भन्नुभयो, हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।’
सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताउनु भएको छ ।