Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा सञ्चालन हुन थालेको ८ महिनापछि संसदीय समितिले नेतृत्व पाउने

प्रतिनिधिसभा सञ्चालन हुन थालेको ८ महिनापछि संसदीय समितिले नेतृत्व पाउने

  • बिहिवार, भाद्र ७ २०८०

  • 759
    SHARES

  • प्रतिनिधिसभा सञ्चालन हुन थालेको ८ महिनापछि संसदीय समितिले नेतृत्व पाउने

    काठमाडौं । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको छ ।

    सभामुख देवराज घिमिरेले बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभापतिको निर्वाचन कार्यक्रम तोक्नुभएको हो। संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

    संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।

    समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन । दलहरुबीच संसदीय समितिमा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ ।

    एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ । समितिहरुमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ ।


    बिहिवार, भाद्र ७ २०८००१:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij